Kathmandu Press

तीजका दिन खुर्पाले हानेर श्रीमतीको हत्या

रुकुम, भदौ १७ : मदिरा सेवन गरेर रुकुमका एक युवले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय न....

तीजका दिन खुर्पाले हानेर श्रीमतीको हत्या

रुकुम, भदौ १७ : मदिरा सेवन गरेर रुकुमका एक युवले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ बजे नवीनले कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई मंगलबार बिहान घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ। उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ।

हत्याको कारण भने खुलेको छैन। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्