Kathmandu Press

मुलुकभर २६४ जनामा कोरोना संक्रमण, २६० जना डिस्चार्ज

काठमाडौं, पुस १३ : देशभर पछिल्लो चौबिस घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६६ नमूनाको कोरोना...
मुलुकभर २६४ जनामा कोरोना संक्रमण, २६० जना डिस्चार्ज

काठमाडौं, पुस १३ : देशभर पछिल्लो चौबिस घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६६ नमूनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो अवधिमा ८ हजार ५३६ नमूनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा २६० जना संक्रमणमुक्त हुँदा दुई जनाको मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ। 

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २७ हजार ७६३ पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार १७४ पुगेको छ।

त्यस्तै  निको हुनेको कुल संख्या ८ लाख ११ हजार २६५ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५८८ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अुनसार हाल देशभर ४ हजार ९१० सक्रिय संक्रमित रहेका छन् । तीमध्य ४ हजार ६६५ जना होम आइसोलेसनमा छन् भने २४५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ९८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। उपचाररत मध्य ८४ जना आइसीयूमा छन् भने २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्