Kathmandu Press

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता 

काठमाडौं, पुस १३ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच चीनमा भेटवार्ता भएको छ। चीनको सेन्जेनमा स्वास्थ्य उपचार गराइरहेका...
माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता 

काठमाडौं, पुस १३ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच चीनमा भेटवार्ता भएको छ। चीनको सेन्जेनमा स्वास्थ्य उपचार गराइरहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका झाओसँग द्विपक्षीय भेटवार्ता  गरेका हुन्। 

भेटमा चिनियाँ नेता झाओले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिएका छन्। नेपालको समसामयीक राजनीति, कम्युनिस्ट पार्टीबीचको सहकार्य र आगामी निर्वाचका बारेमा झाओले  चासो राखेका थिए। 

त्यस्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)को बारेमा पनि चासो राखेका थिए। 

जवाफमा नेता पुनले विचार मिल्ने वाम राजनीतिक शक्तिहरुबीच एकता र सहकार्यको प्रकृया चलिरहेको बताएका थिए।  एकता  संभव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जाने बताएका थिए ।

त्यस्तै एमसीसीबारे अध्ययनका लागि सत्तारुढ गठबन्धनले कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुने गरी सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए ।

भेटवार्तामा पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिइन्।

१३ असोजमा उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका थिए । १० मंसिरयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि द्विपक्षीय भेटवार्तामा जुटेका हुन् ।

वंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराइरहेका नेता पुनले चिकित्सकको सल्लाहपछि छिटै नेपाल फर्कने बताएका छन् ।

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, पुस १३, २०७८