Kathmandu Press

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई 

काठमाडौं, पुस १३ : उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ। साविक विजेता समेत रहेको नेपालले...
सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई 

काठमाडौं, पुस १३ : उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ। 

साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

ढाकामा मंगलबार भएको ५ सेटको फाईनल खेलमा उज्वेकिस्तानविरूद्ध २६–२४, २४–२६,  २५–१५, २२–१५,१५–११ को शानदार जित निकाल्दै नेपाल उपाधि रक्षा गर्न सफल भएको हो।

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्