ब्राजिलमा भारी वर्षापछिको बाढीले २० जनाको मृत्यु
ब्रासिलिया, पुस १३ : ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ।ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको...
ब्रासिलिया, पुस १३ : ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ।
ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ।
यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ।
वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ।
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












