Kathmandu Press

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

आदेन, पुस १३ : यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा...
यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

आदेन, पुस १३ : यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ।

उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन्।

गत महिनादेखि यहाँ सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । सो संयुक्त सेनाले यहाँ सोमबार गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ।

यसअघि सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो । त्यस्तै हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।

मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।गत हप्ता मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा ४० जनाभन्दा बढी हुथी मारिएका थिए।

मारिबबाट लखेटिइका हुथी विद्रोहीहरुले पछिल्लो समयमा ताइज प्रान्तमा अखाडा जमाउन थालेको सूचनाका आधारमा साउदी अरेबियाको नेतृत्वको सेनाले कडा मात्रामा निगरानी गर्ने गरेको बताएको छ ।

प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, पुस १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्