‘पाचौं राष्ट्रिय कृषी यान्त्रिकरण प्रदर्शनी–२०७८’ माघ ५ गतेदेखि
काठमाडौं, १३ पुस : पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी– २०७८ माघ ५ देखि ८ गतेसम्म चितवनमा संचालन हुने भएको छ । उक्त प्रदर्शनी कृषि...
काठमाडौं, १३ पुस : पाँचौ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी– २०७८ माघ ५ देखि ८ गतेसम्म चितवनमा संचालन हुने भएको छ । उक्त प्रदर्शनी कृषि तथा पुशपन्छी विकास मन्त्रालय तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त सहकार्यमा आयोजना हुँदैछ ।
प्रदर्शनीमा करिब एक सय ५० मेसिनरी व्यवसायी र एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान आयोजकको छ । २० वटा भन्दा बढी देशका कृषि उपकरण तथा औजार प्रदर्शनीमा देख्न सकिने नामियाका अध्यक्ष खोजराज कटुवाल बताउँछन् ।
साविकका प्रदर्शनीभन्दा यस वर्षको प्रदर्शनीमा केही भिन्न गर्ने प्रयास हुने पनि कटुवालले बताए। पहिलो पटक नेपालमै उत्पादन भएका कृषि औजार तथा प्रविधिलाई ‘मेड इन नेपाल प्रेभिलियन’ शीर्षक अन्तर्गत ५० प्रतिशतको सहुलियतमा स्टलहरू प्रदान गरिने जानकारी दिए।
उनका अनुसार, नेपाली माटो सुहाउँदा कृषि यन्त्र तथा उपकरण निर्माणमा प्रोत्साहन स्वरुप ‘मेड इन नेपाल प्रेभिलियन’ सहुलियतको व्यवस्था गरिएको हो ।
चौथो राष्ट्रिय कृषि यान्त्रिकरण गत वर्ष उक्त फाल्गुन १३ देखि १५ गतेसम्म चितवनको भरतपुरमा भएको थियो । यस पटकको प्रदर्शनी पनि चितवनमै आयोजना हुनेछ आयोजकको भनाइ छ । प्रविधि तथा समग्र नेपालभरका किसान दाजुभाइ, दिदीबहिनाका लागि चितवन फोकल पोइन्ट भएको कारण पनि चितवनमै यस पटक पनि प्रदर्शनी आयोजना गरिएको कटुवालले स्पष्ट पारे।











