Kathmandu Press

बीबीसी मास्टरसेफ ‘रिम्याच’मा सन्तोष साह विजयी 

काठमाडौं, पुस १३ :  बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’मा सेफ सन्तोष साह विजयी भएका छन्  । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई...
बीबीसी मास्टरसेफ ‘रिम्याच’मा सन्तोष साह विजयी 

काठमाडौं, पुस १३ :  बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’मा सेफ सन्तोष साह विजयी भएका छन्  । 

सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हात पारेका  हुन् ।

प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका विशुद्ध मौलिक नेपाली परिकारहरू पस्केका थिए । 
 
बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका थिए । 

प्रकाशित मिति: १०:१६ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्