माओवादी महाधिवेशन: आज प्रचण्डको प्रतिवेदनमाथि छलफल
काठमाडौं, पुस १३ : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ।अध्यक्ष प्रचण्डले सोमबार बन्दसत्रमा...
काठमाडौं, पुस १३ : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ।
अध्यक्ष प्रचण्डले सोमबार बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ।
सबै समूहले आज प्रतितिवेदनमाथि छलफल गर्ने माओवादीले जनाएको छ। सबै समूहका लागि छुट्टाछुट्टै स्थान तोकिएको छ।
प्रदेश समिति र विभागलाई समूहमा विभाजन गरिएको छ। सबै समूहले छलफलपछि निश्कर्ष बन्दसत्रमा प्रस्तुत गर्नेछन्।
समूहगत छलफलको निश्कर्ष बुधबार बिहान ११ बजेदेखि प्रस्तुत गरिने माओवादीले जनाएको छ। अध्यक्षको प्रतिवेदन पारित भएपछि मात्रै निर्वाचनको कार्यक्रम शुरु हुनेछ।
माओवादीको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। अध्यक्षमा अन्य कोही नदेखिए पनि अन्य पदमा भने थुप्रै आकांक्षी रहेका छन्।
पुस ११ गते उद्घाटन भएको माओवादी महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ। यसमा एक हजार ६३१ प्रतिनिधि सहभागी छन्।











