Kathmandu Press

सीके राउतको पार्टीले हड्ताल गरेपछि सिरहामा कर्फ्यू

सिरहा, पुस १३ : डा. सीके राउत नेतृत्वका जनमत पार्टीले हड्ताल गर्न थालेपछि सिरहामा कर्फ्यू लागू गरिएको छ।जिल्ला प्रशासन कार्यालयले आज बिहान ५...
सीके राउतको पार्टीले हड्ताल गरेपछि सिरहामा कर्फ्यू

सिरहा, पुस १३ : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले हड्ताल गर्न थालेपछि सिरहामा कर्फ्यू लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ५ बजेदेखि कर्फ्यू जारी गरेको हो। भोलि बेलुका ७ बजेसम्म कर्फ्यू लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जनमत पार्टीले केहि दिनदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:०४ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्