Kathmandu Press

रमाइलो मेला लगाउन पाँच दिन विद्यालय बन्द

जाजरकोट, पुस १३ : जाजरकोट सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ।विद्यालयलाई पुस १२ देखि १६ गतेसम्म बन्द गरिएको...
रमाइलो मेला लगाउन पाँच दिन विद्यालय बन्द

जाजरकोट, पुस १३ : जाजरकोट सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ।

विद्यालयलाई पुस १२ देखि १६ गतेसम्म बन्द गरिएको छ। यो अवधिमा विद्यालयमा मेला लगाइएको छ।

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो। 'विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ?,' प्रचार्य भक्तबहादुर मल्लले भने। मेला लगाएवापत विद्यालयलाई ५० हजार दिएको समेत उनले बताए।

कोरोना भाइरसका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरे।

कोभिडको नयाँ–नयाँ भेरियन्ट आइरहेको बेला विद्यालयभित्र हजारौँ मानिस सहभागी गराएर के दूरदर्शी निर्णय गरेको होला भन्दै उनले असन्तुष्टि पोखे। भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो।

राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो। भेरी ज्ञानोदय क्याम्पसमा बीएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यालय धर्म चन्दले बताए। (रासस)

प्रकाशित मिति: ०७:१९ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्