अधिवेशन हुन बाँकी १६ जिल्लामा पुस २७ गते कांग्रेसले जिल्ला अधिवेशन गर्ने
काठमाडौं, पुस १२ : नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने भएको छ ।केन्द्रीय निर्वाचन समितिका...
काठमाडौं, पुस १२ : नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय महाधिवेशनअघि निर्वाचन नभएका जिल्लामा पुस २७ गते नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । विभिन्न विवादका कारण केन्द्रीय महाधिवेशन भइसक्दा समेत १६ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन हुन सकेको थिएन् ।
प्रदेश २ का अधिकांश जिल्लामा कांग्रेस नेतृत्व चयनको लागि निर्वाचन भएको छैन । सिरहा, सप्तरी, धनुषा, सर्लाही, धनुषा, रौटहट, बारा, पर्सा, चितवन, नवलपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम जिल्लामा पुस २७ गते एकै दिन निर्वाचन हुनेछ ।

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











