Kathmandu Press

निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालन गर्न अनुमति 

काठमाडौं, पुस १२ : मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् ।यसअघि सरकारले सरकारी अस्पतालहरुमा...
निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालन गर्न अनुमति 

काठमाडौं, पुस १२ : मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् ।

यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएकोमा अबदेखि निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने जनाएको छ ।

सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्