Kathmandu Press

नेपालमा १ करोड वढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप 

काठमाडौं, पुस १२ : नेपालमा एक करोड वढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।आज सोमवारसम्म एक करोड एक लाख ६६ हजार...
नेपालमा १ करोड वढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप 

काठमाडौं, पुस १२ : नेपालमा एक करोड वढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

आज सोमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो ।

यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामै थप पाँच लाख ६८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पाँच लाख ६८ हजार तीन सय १९ जनाले खोप लगाएको विवरण प्राप्त भएको छ । 


 

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्