Kathmandu Press

बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं, पुस १२ : पछिल्ला केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी बिहीबारदेखि क्रमिक रुपमा सुधार हुने भएको छ ।उक्त प्रणाली...
बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं, पुस १२ : पछिल्ला केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी बिहीबारदेखि क्रमिक रुपमा सुधार हुने भएको छ ।

उक्त प्रणाली बिहीबारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् शविना शाक्यले जानकारी दिईन् । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताईन् । मङ्गलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्