प्रचण्डको दस्तावेजको सार : ‘व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति’
काठमाडौं, पुस १२ : माओवादी केन्द्र०को जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१औं शताब्दीमा समाजवादको बाटो’ शीर्षकको...
काठमाडौं, पुस १२ : माओवादी केन्द्र०को जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१औं शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेस गरेका छन्।
निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
जनवर्गीय संगठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पंक्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजनमा छ। ‘शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ। सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधीनताको रक्षा, श्रमिक जनताप्रति उदत्तरदायी हुनुपर्छ,’ दस्तावेजको सार उल्लेख गदैृ उनले भने।
केही ढिला गरी सुरु भएको बन्दसत्रले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको थियो। अध्यक्ष प्रचण्डले दस्तावेज पेस गरेलगतै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेस गरेका थिए।











