राजनीतिक प्रतिवेदनमा प्रचण्डले स्वीकारेका गल्ती : सेना समायोजनदेखि प्रचण्डपथसम्म
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले आत्मसमिक्षा गरेका हुन्। उनले प्रस्तुत गरेको प्रतिवेदनमा आफूबाट भएका तीन कमिकमजोरी औँल्याएका हुन्।
काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि आफूले गरेका विभिन्न गल्तीहरुलाई स्वीकार गरेका छन्।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले आत्मसमिक्षा गरेका हुन्। उनले प्रस्तुत गरेको प्रतिवेदनमा आफूबाट भएका तीन कमिकमजोरी औँल्याएका हुन्।
प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनावमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नुहुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’
प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती स्वीकारेका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।
उनले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि आफ्नो गल्ती भनेका छन् । ‘ प्रचण्डपथबारे पार्टीको कुनै तहमा छलफल नभएको उल्लेख गरेका छन् । ‘कि यसलाई विचार नै होइन भन्नुपथ्यों, विचार थियो भने स्थगित गर्नेबारे छलफल गर्नुपथ्र्यो,’ प्रतिवेदनमा प्रचण्डले लेखेका छन्।
प्रतिवेदनमा प्रचण्डले गिरिजादेखि माधवकुमार नेपाल सम्मको प्रशंसा गरेका छन् । शान्ति सम्झौतादेखि देशलाई गणतन्त्रसम्म लैजाने वातावरण माधव नेपाल, गिरिजाप्रसाद कोइराला लगायतले निकै महत्वपूर्ण भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।
एमाले अध्यक्ष ओलीको भने कडा आलोचना गरिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता ओलीकै कारण टिक्न नसकेका आरोप प्रचण्डको छ।











