Kathmandu Press

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

टाेकियाे, पुस १२ : भारी हिमपातका कारण आज (सोमबार) मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ। ‘कान्साई इलेक्ट्रिक...
भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

टाेकियाे, पुस १२ : भारी हिमपातका कारण आज (सोमबार) मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ। 

‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा ३ हजार २ सयभन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन्। अधिकारीहरूले सोमबार राति पनि थप हिउँपर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन्। 

Hardik ivf

हिमवर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए।

मात्सुनोले भने, ‘हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ। भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ। अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ।’

अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भए पनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताए। 

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो। उक्त स्थानमा आज बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर ९२६ इन्च० हिउँको सतह बनेको एनएचकेले बताएको छ। हाइकोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमवर्षा हो। 

एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २ सय यात्रुहरू हिउँमा अलपत्र परेका बताएको छ। हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ।

सोमबार लगभग ५० उडान रद्द भएका एनएचकेले जापानी उड्ययन अधिकारीलाई उद्धृत गरी लेखेको छ।

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्