Kathmandu Press

संशोधनबिना एमसिसी सम्झौता पारित गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, पुस १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनबिना एमसिसी सम्झौता पारित गर्न नकसिने बताएका छन्।पार्टीको आठौं महाधिवेशनको आज (सोमबार) भइरहेको बन्दसत्रमा...
संशोधनबिना एमसिसी सम्झौता पारित गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, पुस १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधनबिना एमसिसी सम्झौता पारित गर्न नकसिने बताएका छन्।

पार्टीको आठौं महाधिवेशनको आज (सोमबार) भइरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा उनले संशोधनबिना एमसिस सम्झौता कुनै हालतमा संसदबाट पारित गर्न नसकिने स्पष्ट पारेका हुन्।

बन्दसत्रमा सहभागी एक प्रतिनिधिले संशोधनबिना एमसिसी सम्झौता पारित गर्न नसकिने अभिव्यक्ति प्रचण्डको रहेको जानकारी दिए।

बन्दसत्रमा प्रचण्डले सवा २ घन्टा लगाएर प्रतिवेदन वाचन गरेको उनले बताए। आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन गरिएको महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र चलिरहेको छ।

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्