Kathmandu Press

नोबेल शान्ति पुरस्कार विजेता टुटुप्रति श्रद्धाञ्जली, जनवरी १ मा अन्त्येष्टि

जोहानेसबर्ग, पुस १२ : रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमन्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन्। नोबेल शान्ति पुरस्कार विजेता...
नोबेल शान्ति पुरस्कार विजेता टुटुप्रति श्रद्धाञ्जली, जनवरी १ मा अन्त्येष्टि

जोहानेसबर्ग, पुस १२ : रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमन्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन्। नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए। 

टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो। दक्षिण अफ्रिकामा उनको सम्मानमा एक साता श्रद्धाञ्जलीका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउन्डेसनले सोमबार जनाएको छ।

पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती महारानी एलिजाबेथ द्वितीय, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामामासहितले टुटुको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वक्तव्य जारी गरेर टुटुले दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन ठुलो योगदान गरेको बताए। 

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, पुस १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्