माओवादी केन्द्रको महाधिवेशन : देव गुरुङद्वारा विधान मस्यौदा प्रस्तुत
काठमाडौं, पुस १२ : माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा जारी छ। आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन गरिएको महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र चलिरहेको...
काठमाडौं, पुस १२ : माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा जारी छ। आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन गरिएको महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र चलिरहेको छ।
बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। उनीभन्दा अघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विधान मस्यौदा पारित भएको छ।
अब प्रतिनिधिहरुको समूह विभाजन गरेर प्रचण्ड र गुरुङद्वारा प्रस्तुत दस्तावेजमाथि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १६:०० बजे, सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











