Kathmandu Press

दूधकोसी आयोजनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु, ऊर्जामन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, पुस १२ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणमा क्रममा दुर्घटनामा परी दुईजनाको निधन भएकामा दुःख...
दूधकोसी आयोजनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु, ऊर्जामन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, पुस १२ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणमा क्रममा दुर्घटनामा परी दुईजनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन्।

साहस ऊर्जाले प्रवर्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा आज (साेमबार) पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।

मन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताक िछन्। मन्त्री भुसालले उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन्।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो।  प्रवर्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्न पानी पठाउँदा दुर्घटना भएको हो।

आयोजनामा ६०० मिटरको उचाइबाट प्रतिसेकेन्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको चापका कारण विस्फोट भएको बताइन्छ। आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा यो दुर्घटनाले प्रश्न खडा गरेको छ। 

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्