Kathmandu Press

बंगलादेशमा आगलागी भएको पानीजहाजका मालिक पक्राउ

ढाका, पुस १२ : बंगलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ।करिब ७ सय यात्रु दक्षिणी...
बंगलादेशमा आगलागी भएको पानीजहाजका मालिक पक्राउ

ढाका, पुस १२ : बंगलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ।

करिब ७ सय यात्रु दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।

Hardik ivf

अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लागि जहाजमालिकलाई पक्राउ गरेको हो। 

कुल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीनतले उक्त जहाजबाट सुगन्धा नदीमा हाम फाल्नुपरेको डरलाग्दो कथाहरू सुनाउँदै दोषीउपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन्। 

मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबको उनीहरूले बताएका छन्। पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताए।

ओबिजान–१० का क्याप्टेन र चालक दलसहित आठजनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो।समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताए।

‘हामीले बाँचेकाहरुसँग कुरा गर्‍यौं र उनीहरूले क्याप्टेनले जहाजको इन्जिन कोठामा आगलागी भएको झन्डै एक घन्टापछि मात्र जहाजलाई नदी किनारमा अवतरण गरेका थिए,’ उनले भने,  ‘यदि तिनीहरूले डुंगालाई रोकेर तुरुन्तै लंगर लगाएको भए, यसले यी सबै बहुमूल्य जीवन बचाउन सक्थ्यो।’

बंगलादेशका विशेषज्ञहरूले मर्मत–सम्भारको कमी, सुरक्षा स्तर वेवास्था र समुद्री यात्रामा राखिएको अत्यधिक सङ्ख्या दुर्घटनाको कारण हुन सक्ने बताएका छन्। यसभन्दा पहिले गत अगस्तमा यात्रुहरूले भरिएको एउटा यात्रुवाहक बालुवाले भरिएको मालवाहक जहाजसँग ठक्कर खाँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्