Kathmandu Press

अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलोपटक एकजनाको मृत्यु 

अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलोपटक एकजनाको मृत्यु 

काठमाडौं, पुस १२ : अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ। 

केयर फेसिलिटीमा संक्रमित एक ८० वर्षीय वृद्धको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको रोइटर्स समाचार माध्यमले जनाएको छ। मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको जनाइएको छ।

पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ। संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ।

रोइटर्सका अनुसार सबैभन्दा धेरै जनसंख्या रहेको न्यु साउथ वेल्समा दैनिक संक्रमितको संख्या बढेको छ। सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन्।

्अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो। 

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, पुस १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्