Kathmandu Press

माओवादी केन्द्रको बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत 

काठमाडौं, पुस १२ : नेकपा माअ‍ोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अध्यक्ष...
माओवादी केन्द्रको बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत 

काठमाडौं, पुस १२ : नेकपा माअ‍ोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ। 

अध्यक्ष प्रचण्ड आफैले प्रतिवेदन वाचन गरेर सुनाएका हुन्। यद्यपी सबै प्रतिनिधिहरुलाई भने प्रतिवेदन बाँढ्न बाँकी रहेको बताइएको छ।

प्रचण्डले १५ दिन लगाएर शुक्रबार मात्र प्रतिवेदन तयार पारेका थिए। प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेपछि महाधिवेशन प्रतिनिधिहरुलाई समूहमा विभाजन गरी छलफल गर्ने सुझाव संकलन गर्ने कार्यसूची छ। 

प्रचण्डको प्रतिवेदन चित्त नबुझे फरक प्रस्ताव राख्ने तयारी समेत गरिएको छ। 

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्