Kathmandu Press

बैतडी विमानस्थल स्तरोन्नतिका लागि डेढ करोड विनियाेजन

बैतडी, पुस १२ : बैतडी विमानस्थल स्तरोन्नतिका लागि रु. १ करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर...
बैतडी विमानस्थल स्तरोन्नतिका लागि डेढ करोड विनियाेजन

बैतडी, पुस १२ : बैतडी विमानस्थल स्तरोन्नतिका लागि रु. १ करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त भएको हो। 

बैठकले धनगढी विमानस्थलका लागि रू एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रू. २ करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ। पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको हो। विमानस्थल  कालोपत्र गर्न विसं २०७३ मा रु ११ करोड बजेट विनियोजन गरिएकामा सो काम सम्पन्न भइसकेको जनाइएको छ। 

हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ। पाटनमा विसं २०३२ मा विमानस्थल निर्माण थालिएकामा २०३५ सालदेखि हवाई  उडान सुरु भएको थियो।

पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्