सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, पुस १२ : सुनचाँदी बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु. ९३ हजार २०० पुगेको छ। आइतबार पहेंलो धातु प्रतितोला रु. ९३ हजार १०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु. ९२ हजार ६०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १०ले घटेर एक हजार २५० रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:५९ बजे, सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











