Kathmandu Press

माओवादी केन्द्रको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा महर्जनलाइ प्रस्ताव गरिएको छ। 
माओवादी केन्द्रको बन्दसत्र सुरु, ७ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। 

राजधानीको कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा सवा १२  बजे बन्द सत्र सुरु भएको हो। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बन्द सत्र सुरु भएको घोषणा गरेका छन्। 

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरुमात्र बस्न पाउने छन्। पत्रकार तथा सञ्चारकर्मीहरु समेत बन्द सत्रमा बस्न पाउने छैनन्। 

माअ‍ोवादी केन्द्रले बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल प्रस्ताव गरेकाे छ। जसमा कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा महर्जनलाइ प्रस्ताव गरिएको छ। 

प्रस्तावित अध्यक्षमण्डललाई हलले अनुमोदन गर्ने नेता श्रेष्ठले बताएका छन्। बन्द सत्रमा माओवादीको विधान, पदाधिकारी र प्रचण्डको राजनीतिक प्रतिवेदनका विषयमा छलफल गर्ने बताइएको छ। 

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्