Kathmandu Press

प्रचण्ड माओवादीको मात्र हाेइन देशकै नेता हुन् भन्ने प्रमाणित भयो : महरा 

काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको मात्र नेता नभई मुलुककै नेता रहको प्रमाणित भएको बताएका छन्। महाधिवेशनस्थलमा...
प्रचण्ड माओवादीको मात्र हाेइन देशकै नेता हुन् भन्ने प्रमाणित भयो : महरा 

काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अध्यक्ष प्रचण्ड माओवादी केन्द्रको मात्र नेता नभई मुलुककै नेता रहको प्रमाणित भएको बताएका छन्। 

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले माओवादी केन्द्रको महाधिवेशन उद्घाटन सत्रमा उपस्थित भएका विभिन्न दलका शीर्ष नेताहरुले प्रचण्डको प्रशंसा मात्रै गरेकाले पनि प्रचण्ड माओवादी केन्द्रको मात्र नभई देशकै नेता प्रमाणित भएको बताए। 

‘नौवटा दलका प्रतिनिधिहरुले मन्तव्य राख्नुभयो, सबैले देशको परिवर्तनका संवाहक प्रचण्ड र माओवादी केन्द्र नै हो भनेको तपाईँले नि सुन्नुभयो होला,’ उनले भने, ‘अब प्रचण्ड माओवादी केन्द्रका मात्रै नेता रहनुभएन, उहाँ देशकै नेता बन्नुभयो।’

 

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्