Kathmandu Press

कैलालीमा १९ वर्षीय किशोर १६ वर्षीया किशोरी र मृत भेटिए 

काठमाडौं, पुस १२ : कैलालीको  गौरिगंगा नगरपालिका–३ जुनेली शिविरमा किशोर किशोरी मृत फेला परेका छन्। स्थानीय खुशीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका...
कैलालीमा १९ वर्षीय किशोर १६ वर्षीया किशोरी र मृत भेटिए 

काठमाडौं, पुस १२ : कैलालीको  गौरिगंगा नगरपालिका–३ जुनेली शिविरमा किशोर किशोरी मृत फेला परेका छन्। 

स्थानीय खुशीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्