Kathmandu Press

दिल्लीमा कोरोना बढेपछि रात्रिकालीन कर्फ्यू

काठमाडौं, पुस १२ : भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि रात्रिकालीन कर्फ्यू जारी गरिएको छ।केही दिनदेखि दिल्ली लगायत भारतका केही शहरमा...
दिल्लीमा कोरोना बढेपछि रात्रिकालीन कर्फ्यू

काठमाडौं, पुस १२ : भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि रात्रिकालीन कर्फ्यू जारी गरिएको छ।

केही दिनदेखि दिल्ली लगायत भारतका केही शहरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको छ। जसले गर्दा राजधानी दिल्लीमा सोमबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यू जारी गरिएको हो।

दिल्ली राज्य सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। रातिको समयमा हिडडुल नगर्न सरकारले आग्रह गरेको छ।

भारतमा पछिल्लो २४ घन्टामा ७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४२२ जनामा ओमिक्रोन देखिएको छ।

ओमिक्रोन देखिएका संक्रमित नयाँ दिल्लीकै छन्। केही बिरामी भएर अस्पताल भर्ना भएको जनाइएको छ।

प्रकाशित मिति: ०८:४५ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्