माओवादी महाधिवेशनमा आज बन्दशत्र सुरु हुँदै
काठमाडौं, पुस १२ : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा आज बन्दसत्र सुरु हुन लागेको छ।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज बन्दसत्र सुरु हुने...
काठमाडौं, पुस १२ : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा आज बन्दसत्र सुरु हुन लागेको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज बन्दसत्र सुरु हुने भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने भएका छन्।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा सामूहिक रुपमा छलफल हुने जनाइएको छ। प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आत्मसमीक्षा गरेको उद्घाटन सत्रमा बनाएका थिए। माओवादीलाई नयाँ जोस र जागरका साथ अघि बढाउन सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
शनिबार प्रज्ञा भवनमै उद्घाटन समारोह सम्पन्न भएको छ। उद्घाटन समारोहमा सबै दलका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।
माओवादीको महाधिवेशनमा एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने जनाइएको छ। विभिन्न क्लस्टरबाट प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ।
महाधिवेशनबाट माओवादीले नेतृत्व चयन गर्नेछ। शनिबार बिहान बसेको माओवादी केन्द्रीय समितिले बैठकले पदाधिकारी संख्या बढाएर १५ बनाएको छ। माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ।
शनिबार सुरु भएको राष्ट्रिय महाधिवेशन तीन दिनसम्म चल्नेछ। अध्यक्ष बाहेका पदमा धेरै आकांक्षी देखिएका छन्।











