Kathmandu Press

भारत चीनबीचको व्यापारमा वृद्धि

भारत चीनबीचको व्यापारमा वृद्धि

बेइजिङ, पुस ११ : सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ। यो बर्षको ११ महिनाको तथ्याङ्क हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ।

चिनियाँ राजस्व प्रशासन कार्यालय (जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स) को अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ। ज्यानुअरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ।

भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ। त्यस्तै भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ।

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्