शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड
काठमाडौं, पुस ११ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर...
काठमाडौं, पुस ११ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन् ।
माओवादीको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौ भनेर आत्मसमीक्षा गरिने बताए ।
महाधिवशेनमा पेश गर्न आफूले तयार गरेको राजनीतिक प्रतिवेदनमा आफूले पहिलो आत्मसमीक्षा गरेको उल्लेख गर्दै उनले भने, “जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो, बाह्रबुँदे र शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधान निर्माणमा नेतृत्व गर्ने अवसर मालाई जुट्यो । तर पछिल्ला समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको मैले आफैँलाई समीक्षा गरेको छु ।”
महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको उनको भनाइ छ । मधेसी जनताका हक अधिकारका लािग आफूले प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको विषय उठान गरेको उल्लेख गर्दै उनले मधेसी र आदिवासी जनजातिको हकअधिकार संरक्षणका लागि आफूले पहल गरेको स्मरण गरे ।
पछिल्लो चरण पार्टीमा विचार सुशासन जनताको आकांक्षा पूरा गर्न गरिबलाई राहत दिन विभिन्न पार्टीसँग नजिक भएर काम गरेको उल्लेख गर्दै नहाँले आगामी दिनमा गठबन्धनभन्दा अगाडि बढेर जान आफूहरू तयार रहेको बताए ।











