प्रदेश नं १ मा २३ सङ्क्रमित थपिए
विराटनगर, पुस ११ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीन सय ५५ को...विराटनगर, पुस ११ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीन सय ५५ को पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, पाँचथर र प्रदेश बाहिरका एक/एकमा सङ्क्रमण पुष्टि भएको हो। प्रदेशमा आजै छ महिलासहित ११ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने अझै सक्रिय सङ्क्रमितको ११३ जना रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:४६ बजे, आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१