जबरजस्तीकरणीको उद्योगमा १६ वर्षीय बालक पक्राउ
रुकुम (पूर्व), पुस ११ : रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताए। सूचना अधिकारी विसीका अनुसार ती चार वर्षीया बालिका आफ्नो (६/७ वर्षका) दाइसँग घरमै बसिरहेकी थिइन्। त्यसै बखत ती युवक घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाइ उनले करणीको प्रयास गरेका थिए। परिवारले प्रहरीमा जाहेरी दिएपछि जबरजस्ती करणी उद्योगको आरोपमा ती बालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विसीले बताए।