एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती भएको थिएन् : प्रचण्ड
यसअघि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए ।
काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग भएको एकतामा कुनै गल्ती नभएको जनाएका छन् ।
आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहरुले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको पष्टाएका हुन् ।
यसअघि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए ।
उनले महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई सम्बोधनका लागि आग्रह गरे पनि जिल्ला बाहिर रहनु भएको कारण संभव नभएको पनि बताए ।
प्रकाशित मिति: १९:२७ बजे, आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











