Kathmandu Press

काबुलमा पासपोर्ट जारी प्रक्रिया रोकियो

काबुल, पुस ११ : तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ।केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था...
काबुलमा पासपोर्ट जारी प्रक्रिया रोकियो

काबुल, पुस ११ : तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ।

केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था पाजोकलाई आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार राजधानीमा तत्कालका लागि पासपोर्ट वितरण रोकिएको पुष्टि गरे।

Hardik ivf

उनले भने, 'सरकारले शनिबारदेखि काबुलबाट पासपोर्ट वितरण गर्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ।' अन्य प्रान्तमा भने पासपोर्ट वितरणको प्रक्रिया नरोकिने उनले बताएको पाजोक अफगान न्युजले जनाएको छ। यसअघि तालिबानले अफगान पासपोर्ट आवेदकहरूले भीडलाई व्यवस्थित गर्न अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको पनि जनाएको थियो।
 
अगस्तको मध्यतिर अशरफ गनीको पलायनपछि र तालिबानको नेतृत्वमा ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’ घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको बताएका थिए।

तालिवान समूहले पूरानो सत्ता र नयाँ सत्ताको आभास नहुने गरी सबैसँग सहकार्य गर्दै न्योचितरूपमा शासन सत्ता समाल्ने बताए पनि उनीहरूको भनाइ र कार्यशैलीमा भिन्नता रहेको बताउँदै विदेश पलायन हुने नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्