प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन् : वैद्य

काठमाडौं, पुस ११ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्।
माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए। अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओव पहिले नै छोडिसकेको दाबी गरे।
उनले प्रचण्डलाई अवसरवादीको संज्ञा समेत दिए। महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए।
महासचिव वैद्यले भने‚ ‘उनीहरू विचारमा क्रान्तिकारी, पार्टी अब नयाँ निर्माण गर्ने भनेर फलाक्न थालिसके जस्तो अवसरवादी भए पनि मार्क्सवाद, लेनिनवाद, माओवादको नाम त जप्नैपर्दो रहेछ। प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन्।’











