सुदूरपश्चिम प्रदेशमा एक जनामा कोरोना पुष्टि
सुदूरपश्चिम, पुस ११ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक जनामा मात्रै कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा प्रदेशभर पिसीआर र...सुदूरपश्चिम, पुस ११ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक जनामा मात्रै कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ५३५ जनाको नमूना परीक्षण गरिएको थियो।
स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन विधिमार्फत परीक्षण गरिँदा कञ्चनपुरका एक जनामा कोरोना देखिएको हो। पछिल्लो २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन्। उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोहीको पनि ज्यान गएको छैन।
शनिबार प्रदेशमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने तीन जना निको भएका थिए। सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ५१४ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: १९:०४ बजे, आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१