Kathmandu Press

प्रधानमन्त्री देउवाको प्रश्न : एमसिसीमा कहाँ छ राष्ट्रघात ? 

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) आयोजित माअ‍ोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले एमसिसी राष्ट्रघाती भन्नेहरुलाई एकपटक राम्ररी पढ्न सुझाव दिए।
प्रधानमन्त्री देउवाको प्रश्न : एमसिसीमा कहाँ छ राष्ट्रघात ? 

काठमाडौं, पुस ११ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसिसी राष्ट्रघाती नभएको बताएका छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) आयोजित माअ‍ोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले एमसिसी राष्ट्रघाती भन्नेहरुलाई एकपटक राम्ररी पढ्न सुझाव दिए।

उनले आफू देशको प्रधानमन्त्री भएको र आफु पनि जिम्मेवार नागरिक रहेकाले राष्ट्रको खिलाफमा जान नसक्ने स्पष्ट पारे। ‘एमसिसीमा कहाँ छ राष्ट्रघात? पहिला पढ्पनुपर्‍यो। मैले त कहीँ राष्ट्रघात देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपाल राष्ट्रको खिलाफमा जाउँला मैले? म पनि राष्ट्रका लागि लडेको मान्छे हुँ, राष्ट्रघाती काम गरुँला मैले?’

एमसिसीबारे गठबन्धनमा आबद्ध र अन्य दलका नेताहरुसँग छलफल भइरहेको उनले बताए। ‘एमसिसी नेपालको हितमा छ। सित्तैमा आएको पैसा हो,’ उनले् भने, ‘वल्र्ड बैंक, एडिबीबाट हामी ऋण लिन्छौं। त्यसमा अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ। सित्तैमा आएको एमसिसीले नेपालको कानुन मान्ने भनेको छ। तैपनि हामी मान्दैनौं। पहिला राम्रोुसँग बुझ्नुपर्‍यो।’

एमसिसीबारे व्यापक छलफल भएर सहमति जुट्नेमा आफु विश्वस्त रहेको उनले बताए।  
 
प्रकाशित मिति: १८:५९ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्