पार्टी एकताबाट भाग्दैनौं, पूर्वाग्रह पनि राख्दैनौं : नारायणकाजी श्रेष्ठ
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण र सामाजिक आर्थिक रुपान्तरण र समाजवाद उन्मुखताको पक्षमा हुने सबै वामपन्थी, देशभक्त, लोकतन्त्रवादी शक्तिहरुसँग कार्यनीतिक संयुक्त मोर्चाको प्रकृयाबाट पनि अगाडि बढ्ने छौं,’ उनले भने।
काठमाडौं, पुस ११ : नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एउटा एकता विफल हुँदैमा पार्टी एकताबाट नभाग्ने बताएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले विचारमा समान पार्टीहरुबीचको एकिकरण र ध्रुविकरणको प्रकृयालाई निरन्तर अगाडि बढाइरहेन बताएका हुन्।
उनले मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको र सो सहकार्यको आवश्यकतालाई मुलुकले माग गर्दासम्म निरन्तरता दिने समेत बताए । अहिलेको गठबन्धन कमसेकम निर्वाचनको विन्दुसम्म पनि पुग्ने उनले बताए।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण र सामाजिक आर्थिक रुपान्तरण र समाजवाद उन्मुखताको पक्षमा हुने सबै वामपन्थी, देशभक्त, लोकतन्त्रवादी शक्तिहरुसँग कार्यनीतिक संयुक्त मोर्चाको प्रकृयाबाट पनि अगाडि बढ्ने छौं,’ उनले भने।
एमालेसँगको एकिकरण असफल भएपनि अन्य वामपन्थी दलहरुसँगको एकिकरण र ध्रुविकरणको पक्षमा निरन्तर लागिरहने उनले बताए। ‘हामीले एकता गयौं, पछिल्लो एउटा एकता असफल भयो। त्यसको अर्थ एकताबाट हामी भाग्दैनौं, पूर्वाग्रह पनि राख्दैनौं। एकताबाट शिक्षा लिन्छौं। र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुसँग वैचारिक र उद्धेश्यमा विचारको समानतको आधारमा एकिकरण र ध्रुविकरणको प्रकृयालाई पनि अगाडि बढाउन पहल गरिरहनेछौ,’ उनले भने।
सोही दिशानिर्देशन र कार्यभारसहित नयाँ संकल्प र उर्जा लिएर माओवादी केन्द्र महाधिवेशनमा होमिएको उनले बताए।











