सुरक्षा समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल
काठमाडौं, पुस ११ : गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा....jpg)
काठमाडौं, पुस ११ : गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।
‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले भने । बैठक निर्वाचनको सुरक्षाविषयमा केन्द्रित थियो । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुदैछ ।
गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराजशर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपालप्रहरीकामहानिरीक्षक शैलेश थापा, सशस्त्रप्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला, लगायतको सहभागिता थियो ।











