नेता, कार्यकर्ता र जनता विधिमा बाँधिन सके मात्र देशले विकासको बाटो समात्छ : नेपाल
काठमाडाैं, पुस ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता, कार्यकर्ता र जनता सबै विधिमा बाँधिन सके मात्र देशले विकासको बाटो समात्ने बताएका छन्।काठमाडौंको...काठमाडाैं, पुस ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता, कार्यकर्ता र जनता सबै विधिमा बाँधिन सके मात्र देशले विकासको बाटो समात्ने बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज (आइतबार) आयोजित माअोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले नियम, विधि र संविधानमा बाँधिन नचाहँदा देश भद्रगाेल अवस्थामा पुग्ने बताए।
नयाँ नेपाल निर्माण अभियानलाई अघि बढाउन र नयाँ विचार निर्माण गर्न सबै दलका बीचमा बृहत् छलफलको आवश्यकता रहेको उनले बताए। नेपालमा राजनीतिक क्रान्ति भइसकेको, राजतन्त्र ढलिसकेको, गणतन्त्र आइसकेको र संविधान निर्माण गरिसकेको अवस्थामा नेपालको राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुकाे विकल्प नरहेकाे उनले बताए।
कतिपय कुरामा विमति भए पनि मूल कुरामा सहमति हुनुपर्ने, मन र भावना मिलेपछि बाँकी कुरा सजिलै मिल्ने उनको भनाइ थियो।
पार्टी चलाउन विधि चाहिने उल्लेख गर्दै उनले विधिविधानको पालना भएन भने पार्टीले काम गर्न नसक्ने बताए। त्यसैगरी देश चलाउन संविधान चाहिन्ने र संविधानको पालना गरेन भने देश भद्रगोल हुने उनले बताए। नेता, कार्यकर्ता र सर्वसाधारण सबै विधिमा बाँधिनुपर्ने अवस्था भए पनि नियममा बाँधिन नचाहँदा देशले विकासको बाटो समात्न नसकेकाे उनले बताए।
‘पार्टीभित्र कार्यकर्ता र सदस्यको विचार सबैभन्दा ठूलो हुन्छ । देशभित्र नागरिकको अधिकार सबैभन्दा ठूलो हुन्छ,’ उनले भने। नेपालको आन्तरिक मामिलाको फैसला नेपाली आफैले गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए। जुनसुकै पार्टीमा आबद्ध भए पनि राष्ट्रियताको झन्डा दृढताका साथ बुलन्द गर्नुपर्ने र नेपाली भएकोमा गौरवबोध गर्नुपर्ने उनले बताए। नेपालको स्वतन्त्र अस्तित्वको रक्षा गर्ने र नेपालको स्वाभिमान माथि उठाउने कुरामा सबै एकताबद्ध भएर अगाडि बढ्न सक्नुपर्ने उनले जाेड दिए।
राष्ट्रियताको कुरा महत्वपूर्ण भए पनि राष्ट्रियताको नाममा जनतालाई दास बनाउने कुरा स्वीकार्य हुन नसक्ने उनले बताए। कुनै एउटा व्यक्तिको, कुनै एउटा वंशकोे तानाशाही स्वीकार्य हुन नसक्ने उनले बताए। सबैखाले तानाशाहीको विरुद्धमा उभिएर नै हामीले लोकतन्त्रको झन्डा बुलन्द गर्न सक्ने र अधिकार प्राप्तिको कुराले सार्थकता पाउने बताए।
लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गरेर सबैको सम्मान हुने कुरा सुनिश्चित गरेर सबैको मर्यादाको रक्षा गरेर अघि बढे मात्र देशले प्रगति गर्न सक्ने उनले बताए। असमानता, अन्याय, अत्याचार, विभेद अझै व्याप्त रहेकाले जनताको वेदनजालाई सम्बोधन गर्ने कुरामा सचेत भउ मात्र लोकतान्त्रिक हुनुको, वापपन्थी र कम्युनिस्ट भनिनुको अर्थ खुल्ने उनको भनाइ थियो।
राजनीतिक पार्टी जनताको विश्वास जित्न कुरा मात्र गरेर नहुने र काम तथा व्यवहार पनि त्यस्तै हुनुपर्ने भए पनि हामी कहाँ चुक्यौ भनेर हेर्नुपर्ने अवस्था रहेको उनले बताए। सबैले भन्ने गरेको समाजवाद कस्तो हुने भनेर सबै दलका बीचमा, विज्ञ र आमजनताको बीचमा व्यपक छलफल हुनुपर्ने उनले बताए।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धनमा भएका दल, संसदका रहेका दल र बौद्धिक समुदायका बीचमा व्यापक बहस सुरु गर्न आग्रह गरे। नेपाली नमुनाको समाजवाद कस्तो हुनेछ, नेपालीले परिकल्पना गरेको नेपाल यस्तै हुन्छ भनेर निष्कर्ष निकाल्नु जरूरी रहेकाे उनले बताए। गरिबी, अभाव र बेरोजगारी समस्या हल गरेर जनताका आधारभूत आवश्यकता पूरा हुनुपर्ने, अन्याय, अत्याचार, शोषण, दमन, विभेद हट्नुपर्ने र सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा उनले जोड दिए। अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने उनले बताए।
जनताले निराश भइहाल्नुपनेृ अवस्था नभए पनि राजनीतिक दलहरुले जनताको विश्वास जित्न नसकेको र राजनीतिक दल र नेताहरुप्रति जनतामा वितृष्ण देखिएको भन्दे उनले चिन्ता व्यक्त गरे। देशको समृद्धिमा भ्रष्टाचार ठूलो बाधक रहेको र त्यसलाई निमिट्यान्न नपारेसम्म र विधि स्थापित नगरेसम्म जनतालाई वेदनामुक्त बनाउन नसकिने उनको भनाय थियो।
महाधिवेशन अमूर्त सिद्धान्तको छलफल गर्ने थलो मात्र नभएको उनले बताए। विधि र व्यवहारको यथार्थ व्यख्या गरेर जनताको पीडाललाई सम्बोधन गनेृ कुरामा महाधिवेशनको ध्यान पुग्नुपर्ने सुझाव उनले दिए।
माओत्से तुङको जन्मदिन पारेर महाधिवेशन गरेको र २०३५ सालको पुस ११ मा मालेको स्थापना भएको स्मरण गरे। २०५९ सालमा महाधिवेशन हुन नसकेको अवस्थामा माओवादीले महाधिवेशनको निर्णय लिँदा खुसी लागेको उनले बताए।
परिवर्तनको एजेन्डा तय गर्ने र नेपाली जनताको हित र कल्याणमा केन्द्रित हुनुपर्ने विषयमा महाधिवेशनले महत्वपूर्ण बन्न सकोस् भन्दे उनले शुभकामना दिलए।











