Kathmandu Press

'प्रचण्डपथ’ छाडेर प्रचण्डले गल्ती गरे : मातृका यादव 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले माओवादी केन्द्रले प्रचण्डपथ छाडेर गल्ती गरेको बताएका छन्। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन...
'प्रचण्डपथ’ छाडेर प्रचण्डले गल्ती गरे : मातृका यादव 

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले माओवादी केन्द्रले प्रचण्डपथ छाडेर गल्ती गरेको बताएका छन्। 

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले माअ‍ोवादी जनयुद्धले विकास गरेको ‘प्रचण्डपथ’लाई थप विकास गर्नुको सट्टा छाडिदिएपछि नेपालको क्रान्ति रनभुल्लमा परेको बताए। 

‘प्रचण्डपथ छाडेर प्रचण्डले के गर्न खोजेको होला ?’ भन्ने प्रश्न सबैको मनमा उब्जियो,’ उनले भने, ‘सबैभन्दा पहिला मेरो मनमा उब्जियो र म गएँ।’

उनले प्रचण्डपथ छाडेकै कारण तत्कालीन समयमा प्रभावशाली नेताहरुले पार्टी त्याग गरेर अर्कै बाटो रोजेको बताए। मोहन वैद्य, मोहनविक्रम सिंह, लगायतका विभिन्न नेताहरुसँग आफूपनि छाडेर जानुको कारण त्यही भएको उनले बताए। 

उनले पूर्वमाअ‍ोवादीहरुको एकता नै मुलुकको आवश्वयकता रहेको बताएका छन्। 

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्