Kathmandu Press

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : शंकर पोखरेल

तर आम जनताको मुद्दालाई विर्सेर व्यक्तिग स्वार्थमा नेताहरु लागेकै कारण नेकपाको एकता रहिरहन नसकेको उनको दाबी छ । आफू र एमालेको तर्फबाट नेकपा एकताका लागि सकारात्मक प्रयास भएतापनी विभिन्न कारण एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको उनले बताए। 
नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : शंकर पोखरेल

काठमाडौं, पुस ११ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन नसकेकामा आफूलाई पछुतो लागेको बताएका छन्। 

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले माओवादी केन्द्र र एमालेको एकता त्यसै नगरिएको स्मरण गरेका छन् । तत्कालीन समयमा मुलुकमा ठूलो वामपन्थी पार्टीको आवश्यकता अनुसार नै एमाले र मोआवादी केन्द्रको एकता भएको र सो एकतालाई जनताले समेत स्वीकार गरेको उनले बताए। 

तर आम जनताको मुद्दालाई विर्सेर व्यक्तिग स्वार्थमा नेताहरु लागेकै कारण नेकपाको एकता रहिरहन नसकेको उनको दाबी छ । आफू र एमालेको तर्फबाट नेकपा एकताका लागि सकारात्मक प्रयास भएतापनी विभिन्न कारण एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको उनले बताए। 

‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ उनले भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिाका कारण महान उद्देश्यहरुमा पछाडि परेका छौं ।’
 
प्रकाशित मिति: १७:५३ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्