तीन तीनवटा राजनीतिक क्रान्ति गर्दापनि युगलाई बदल्न सकेका छैनौं : शंकर पोखरेल
काठमाडौं, पुस ११ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा एकै पुस्ताले तीनवटा राजनीतिक क्रान्ति गर्दा पनि यृुगलाई बदल्न नसकेको बताएका छन्। माअोवादी केन्द्रको आठौं...
काठमाडौं, पुस ११ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा एकै पुस्ताले तीनवटा राजनीतिक क्रान्ति गर्दा पनि यृुगलाई बदल्न नसकेको बताएका छन्।
माअोवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले विभिन्न राजनीतिक क्रान्ति गर्न सफल भएकामा खुशी लागेतापनि युग परिवर्तन गर्न नसक्दा पश्चाताप महशुस हुने बताएका हुन्।
२०६२÷०६३ को जनआन्दोलनका क्रममा गिरिजाप्रसाद कोइरालाले नेपालमा एउटै पुस्ताले तीन वटा क्रान्ति गर्ने कुरालाई जोडदार रुपमा उठाएको स्मरण गर्दै पोखरेलले क्रान्ती गर्न सफल भएपनि युग परिवर्तन गर्न नसकेको बताए।
‘फर्केर हेर्दा पश्चातम अनुभुत हुन्छ। हामी क्रान्तिका हिसाबमा त गर्व गर्छौं । दुनियाँमा एउटा राजनीतिक क्रान्तिपछि युगको परिवर्तन हुने गर्छ। तर, नेपालमा तीन तीनवटा राजनीतिक क्रान्ति गर्दापनि यृगलाई बदल्न सकेका छैनौं,’ उनले भने,‘ किन भन्ने प्रश्नको उत्तर दिन सकेनौं भने हामी क्रान्तिका नायक त हुन्छौं, तर निर्माणका नायक हुन सक्दैनौं।’
पोखरेलले मुलुकका जनताले निर्माण र समृद्धी खोजेको बताएका छन्। ‘जनताले क्रान्तिमात्रै होइन, परिवर्तन खोजेका छन्,’ उनले भने। त्यसैले मुलुकका राजनीतिक दलहरुले आफूलाई समिक्षा गर्न जरुरी रहेको बताएका छन्। नेपालका राजनीतिक दलहरुले जनता र मुलुकमाथिको कर्तव्य कुन रुपमा पूरा गर्न सक्यो अथवा सकेन भनेर मनन गर्नुपर्ने उनको धारणा थियो । त्यस्तो नभए जनताको आकांक्षालाई नेपालका राजनीतिक दलहरुले पूरा गर्न सक्दैनन् भन्ने बुझ्नुपर्ने उनले बताए।











