Kathmandu Press

प्रतिगमनको खतरा अझै टरिसकेको छैन : दुर्गा पौडेल

प्रतिगमनको खतरा अझै टरिसकेको छैन : दुर्गा पौडेल

काठमाडौं, पुस ११ : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमनको खतरा अझै टरिनसकेको बताएकी छन्। माअ‍ोवादी केन्द्रको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले प्राप्त उपलब्धिलाई उल्ट्याउने विभिन्न हस्तक्षेप भइरहेको बताएकी हुन्। 

प्राप्त उपलब्धिको रक्षार्थमा सबै दलहरुबीच एकता आवश्यक रहेको बताएकी हुन् । विचारमा विमती भएपनि राष्ट्रियताको सम्बन्धमा एकै ठाउँमा आएर राष्ट्रियताको पक्षमा उभिन आवश्यक रहेको बताइन्। 

लामो समयदेखिको प्रतिनिधि सभा अवरुद्ध पनि प्रतिगमनले पुनः टाउको उठाउन खोजेको संकेत रहेको उनले बताइन्। त्यस्ता खालका प्रतिगमनलाई परास्त गर्नका लागि एउटा दलले मात्रै नसक्ने हुँदा पाँच दलीय गठबन्धन थप शक्तिशाली भएर अगाढि बढ्नुपर्ने उनले बताइन्। 

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनले आज लिने नीतिबाट भोलिको राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएका कारण सकारात्मक र देश र जनताका हितमा नीति तर्जुमा गर्न सकोस् भन्ने शुभकामना दिएकी छन्। 

उनले जारी महाधिवेशनबाट राष्ट्रघाति एमसीसीको विपक्षमा नीति बनाउने विश्वास समेत व्यक्त गरेकी छन्। 

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्