Kathmandu Press

राष्ट्रियता र  मौलिकताको विषयमा सबै पार्टी संगै छौं : कुन्ती शाही

काठमाडौं, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी नवनिर्वाचित महामन्त्री कुन्ति शाहीले राष्ट्रियताको पक्षमा सबै पार्टी एक ठाउँमा रहेको बताएकी छन्। माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा...
राष्ट्रियता र  मौलिकताको विषयमा सबै पार्टी संगै छौं : कुन्ती शाही

काठमाडौं, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी नवनिर्वाचित महामन्त्री कुन्ति शाहीले राष्ट्रियताको पक्षमा सबै पार्टी एक ठाउँमा रहेको बताएकी छन्। 

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेतृ शाहीले अन्य दलहरुसँग आफ्नो पार्टीको विचार र वाद नमिले पनि राष्ट्रियताको सवालमा आफूहरु संगै रहेको बताएकी हुन्। 

उनले जारी महाधिवेशनबाट माओवादी केन्द्रले आम जनताको जीवन, राष्ट्रको आवश्यकता, यृुवाहरुको भावनालाई समेटेर अघि बढ्न आग्रह गरेकी छन्। 

नेपाली जनताको चाहना, अधिकार, विदेशी हस्तक्षेप विरुद्ध माओवादी केन्द्रले जारी महाधिवेशनबाट बलियो नीति बनाएर अगाडि बढ्नेमा पनि आफू विश्वस्त रहेको उनले बताएकी छन्। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्