Kathmandu Press

माओवादी केन्द्रलाई मैनालीको प्रश्न- घोषित लक्ष्यलाई कसले अपहरण गर्‍याे? 

काठमाडौं, पुस ११ : नेकपा मालेका महासचिव सिपी मैनालीले राजनीतिक लक्ष्य पुरा गर्न माओवादी केन्द्र असफल भएको बताएका छन्।माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन...
माओवादी केन्द्रलाई मैनालीको प्रश्न- घोषित लक्ष्यलाई कसले अपहरण गर्‍याे? 

काठमाडौं, पुस ११ : नेकपा मालेका महासचिव सिपी मैनालीले राजनीतिक लक्ष्य पुरा गर्न माओवादी केन्द्र असफल भएको बताएका छन्।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने क्रममा मैनालीले विभिन्न आन्दोलन र दश वर्षे जनयूद्ध हुँदै यहाँसम्म आइपुग्दा माओवादीले दिशा मोडेको बताएका हुन्। 

एउटा लक्ष्य प्राप्तिको लागि सुरु गरिएको आन्दोलन जसका निम्ति राष्ट्रले अकुत बलिदा गर्नुपरेको स्मरण गर्दै मैनालीले वर्तमान समयसम्म आइपुग्दा सो आन्दोलनबारे सैयौं जिज्ञासाहरु उठेको बताएका छन् । 

सम्बन्धित पार्टीको अघिल्तिर उठेका त्यस्ता जिज्ञासाबाट मुख मोड्न नसक्नेमा आफू विश्वस्त रहेको बताएका छन्।‘त्यतिबेला अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको छ। नमेटिने गरी जिज्ञासाहरु उठेका छन्। तत्कालिन लक्ष्य किन प्राप्त भएन ? घोषित लक्ष्यलाई कसले अपहरण गर्यो ? के त्यो लक्ष्य लिनु नै समयसापेक्ष थिएन ?'  मैनालीको प्रश्न छ।

उनले माओवादी केन्द्रको आठौं महाधिवेशनले यस्ता प्रश्नको जवाफ खोज्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्